जनसांस्कृतिक महासंघले सांस्कृतिक साँझ गर्दै, प्रमुख अतिथि केपी ओली – Nepal Press

जनसांस्कृतिक महासंघले सांस्कृतिक साँझ गर्दै, प्रमुख अतिथि केपी ओली

काठमाडाैं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालले शुभकामना सांस्कृतिक साँझ २०८०को आयोजना गर्न भएको छ ।

सांस्कृतिक कार्यक्रममार्फत नेपाली मौलिक संस्कृतिको प्रवर्द्धन गर्न सांस्कृतिक साँझ आयोजना गर्न लागिएको कार्यक्रम संयोजक राम प्रसाद अवस्थीले जानकारी दिएका छन् ।

आगामी ३० गते काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक साँझको आयोजना गर्न लागिएको र त्यसको तयारी तीव्र भइरहेको उनले बताए ।

‘दार्चुलाको कालापानीदेखि ताप्लेजुङको ओलाङ्चुङ गोलासम्मको मौलिक नाच हामीले सांस्कृतिक साँझमा देखाउने छौँ’, उनले भने, ‘आजसम्मकै सबैभन्दा फरक र मौलिक कार्यक्रम हुने छ हाम्रो ।’

नेपालको मौलिकता नेपालीको शान, कला र संस्कृति हाम्रो पहिचान भन्ने नाराका साथ आयोजना गर्न लागिएको सांस्कृतिक साँझमा पूर्णकला बिसी, वैकुण्ठ महत, ठानेश्वर गौतम, अमृत खाती, साजन राई, लगायतका कलाकारहरूको प्रस्तुत रहने जनाइएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहित पदाधिकारीहरू पनि कार्यक्रममा सहभागी हुने छन् । पार्टी अध्यक्ष ओलीले राष्ट्रिय जन सांस्कृतिक महासंघका पूर्व तीन अध्यक्षहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको जन सांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *