त्रिवि सेवा आयोग सदस्यको लागि दरखास्त आह्वान, ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने – Nepal Press

त्रिवि सेवा आयोग सदस्यको लागि दरखास्त आह्वान, ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको रिक्त सदस्य पदको लागि दरखास्त आह्वान भएको छ ।

सदस्य पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले ‘त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य छनोट तथा सिफारिससम्बन्धी (पहिलो संशोधन)कार्यविधि, २०८०’ बमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको हो ।

योग्य व्यक्तिले शिक्षा मन्त्रालयको वेबसाइटमा प्रकाशित कार्यविधिमा उल्लेखित कागजातसहित १९ देखि २८ चैतसम्म आवेदन दिन सक्नेछन् ।

‘त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ मा उमेर हद कायम गरिएको थिएन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले कार्यविधि पहिलो संशोधनमार्फत आवेदन दिने उम्मेदवारको उमेर हद ६५ वर्ष राखेकी हुन् ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा प्राध्यापकको तर्फबाट नियुक्त हुने पद पूरा समय कायम गर्ने व्यवस्थापकीय पदसमेत भएकाले उमेर हद कायम गरिएको संशोधित कार्यविधिको पुस्ट्याइँमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर