वीरगञ्जमा प्रहरीको छापा: दर्जनौं कम्प्युटरसहित दुई चिनियाँ पक्राउ – Nepal Press

वीरगञ्जमा प्रहरीको छापा: दर्जनौं कम्प्युटरसहित दुई चिनियाँ पक्राउ

जनकपुरधाम । वीरगञ्ज महानगरपालिका- १५ स्थित एक घरमा छापा मारेर प्रहरीले दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

चिनियाँ नागरिक पक्राउ परेको फ्ल्याटबाट प्रहरीले दर्जनौं कम्प्युटर, ल्यापटप, डिभाइस, मोबाइललगायतका समान बरामद गरेको छ । पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामान जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

सामाजिक सञ्जालमार्फत् उनीहरुले ठगीधन्दा चलाएको पर्सा प्रहरीको अनुमान छ । उनीहरुबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

पर्सा प्रहरी प्रमुख एसपी कुमोद ढुंगेलले भोलि पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *