नेपाल ‘ए’ लाई आयरल्यान्ड ‘ए’ ले दियो २२५ रनको विशाल लक्ष्य – Nepal Press

नेपाल ‘ए’ लाई आयरल्यान्ड ‘ए’ ले दियो २२५ रनको विशाल लक्ष्य

काठमाडौं । टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २२५ रनको विशाल लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनायो ।

आयरल्यान्ड ‘ए’ का लागि पिजे मुरले सर्वाधिक ६५ रन जोडे । उनले पाँचौं विकेटका लागि कप्तान निल रकसँग ६१ रनको साझेदारी गरेका थिए । निल रक ७१ र फिओन ह्यान्ड १९ रनमा अविजित रहे । रस अडेर १७, जेम्स मक्कोलम २६, ग्यारेथ डेल्नी १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका सागर ढकालले ३, पवन सर्राफ र कमल ऐरीले एकएक विकेट लिए ।

पहिलो टी-२० खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’सँग २१ रनमा पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर