डिग्री माइला बनेर आफ्नै गफ दिँदै भिडिओ बनाएर उपहार जित्ने अफर – Nepal Press

डिग्री माइला बनेर आफ्नै गफ दिँदै भिडिओ बनाएर उपहार जित्ने अफर

काठमाडौं । चैत्र ३० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘डिग्री माइला’को निर्माण टिमले दर्शकका लागि अफर ल्याएका छन् ।

निर्माण टिमले चलचित्र प्रोमोसनका लागि डिग्री माइलाको पात्र बनेर डाइलग प्रतिस्पर्धा गरे उपहार जित्न सकिने अफर ल्याएको हो । इच्छुक दर्शकले डाइलग बोलेर भिडिओ बनाइ प्रतिस्पर्धामा भाग लिएर उपहार जित्न सक्नेछ । त्यसको लागि डिग्री माइलाको पात्र बनि आफ्नै गफ दिँदै अधिकतम ३ मिनेट सम्मको भिडि‌ओ बनाउनुपर्नेछ ।

उक्त भिडि‌ओ बनाएर दर्शकले ‘डिग्रीमाइला’को ह्यास्ट्याग राखी फिल्मको रिलिज मिति र टाइटल राखी [email protected]मा पठाउनु पर्नेछ ।

साथै , बाँसुरी फिल्मसलाई ट्याग पनि गर्नुपर्नेछ  र युट्युव च्यानल पनि सस्क्राइब गर्नुपर्नेछ ।  उक्त भिडियो २७ गतेसम्म पठाइसक्नु पर्नेछ भने सो भिडि‌‌ओ बनाएका विजेताले  ‌हाेनरकाे मोबाइल उपहार पाउने छ्न् ।

साथै दोस्रो र तेस्रो बनेका दर्शकलाई पनि मोबाइल नै उपहार दिने छन् । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ मा दयाहाङ राई, आँचल शर्माको मुख्य भुमिका रहेको छ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रले तेस्रो श्रेणीमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गरेको छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भएको थियो।

चलचित्रमा दया र आँचलसहित, ऋचा शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ। यो चलचित्र चैत्र ३० गते रिलिज हुने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ। चलचित्रमा नेमिस श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर