अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फस्टलुक रिलिज – Nepal Press

अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फस्टलुक रिलिज

काठमाडौं । नायक अनमोल केसीको जन्मदिनको पारेर फिल्म ‘फर्की फर्की’ को फस्टलुक रिलिज गरिएको छ ।

आउँदो बर्षको जेठ १० गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको फस्टलुकमा अनमोललाई मात्र स्थान दिइएको छ ।

यो लभस्टोरी फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा अनमोल केसीको साथमा नायिका जसिता गुरुङको मुख्य भूमिका छ ।

साथमा फिल्ममा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *