नेपाल ‘ए’ टीमले आज आयरल्यान्ड ‘ए’ सँग दोस्रो खेल खेल्दै – Nepal Press

नेपाल ‘ए’ टीमले आज आयरल्यान्ड ‘ए’ सँग दोस्रो खेल खेल्दै

काठमाडौं । आयरल्यान्ड ‘ए’ सँगको दोस्रो टी–२० शृंखलाअन्तर्गत आज नेपाल ‘ए’ले खेल्दैछ । उक्त खेल टीयू क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

शुक्रबार पहिलो टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए सँग २१ रनले पराजित भएको थियो ।

आयरल्यान्ड ‘ए’ ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९ ओभर ३ बलमा २०१ रनमा समेटिएको थियो ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच ३ टी–२० र ३ एक दिवसीय खेल हुनेछ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *