खुमबहादुरको शालिक अनावरण गर्दै देउवाले भने- उहाँलाई झूठो मुद्दामा फसाइयो – Nepal Press

खुमबहादुरको शालिक अनावरण गर्दै देउवाले भने- उहाँलाई झूठो मुद्दामा फसाइयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काली‍न अवस्थामा खुमबहादुर खड्कालाई झूठो मुद्दा लगाएर फसाउन खोजिएको बताएका छन् ।

शुक्रबार दाङको लमही नगरपालिका- ९ अमिलियामा कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्काको शालिक अनावरण गर्दै देउवाले देशका लागि काम गर्न खोज्दा खड्कामाथि झूठो मुद्दा लगाएर फसाउन खोजिएको टिप्पणी गरे ।

स्वर्गीय नेता खड्का विकासप्रेमी, मिलनसार र जनताले रुचाएका नेता भएको उनले स्मरण गरे । खड्काले छाडेर गएका बाँकी कामलाई पूरा गर्ने दायित्व कांग्रेसजनको भएको उनको भनाइ छ ।

खड्काको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा २०७४ साल चैत्र १६ गते निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर