सर्वोच्चको आदेशद्वारा कांग्रेसको एक सांसद थप, मनाङका सांसद टेकबहादुरको निलम्बन फुकुवा – Nepal Press

सर्वोच्चको आदेशद्वारा कांग्रेसको एक सांसद थप, मनाङका सांसद टेकबहादुरको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । भ्रष्टाचार मुद्दामा आफूलाई जरिवाना मात्रै भएको तर कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद निलम्बन फुकुवाको मागसहित रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले गुरुङको निलम्बन फुकुवा गर्न अन्तरिम आदेश दिएको हो । गुरुङको निलम्बन फुकुवा भएसँगै कांग्रेसमा अब एक सांसद थपिएको छ ।

उनलाई भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको थियो ।


प्रतिक्रिया

One thought on “सर्वोच्चको आदेशद्वारा कांग्रेसको एक सांसद थप, मनाङका सांसद टेकबहादुरको निलम्बन फुकुवा

  1. भ्रष्टाचारीको निलम्बन फुकुवा कि पदबाट हटनुपर्ने हो ? फैसला गर्ने न्यायाधिशको पछिल्लो समयको कारोवार जाँच गर । किन यस्तो फैसला आयो तुरून्तै पत्ता लाग्छ । सुशासनका गफ हाँक्ने प्रधानन्यायाधिश कहाँ छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर