वर्ल्डलिंकको २५ वर्षे लाइसेन्स अवधि सकियो, प्राधिकरणलाई रोयल्टी तिर्न छाडेर अदालतमा रिट – Nepal Press

वर्ल्डलिंकको २५ वर्षे लाइसेन्स अवधि सकियो, प्राधिकरणलाई रोयल्टी तिर्न छाडेर अदालतमा रिट

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको २५ वर्षे अवधि सकिएको छ । सो कम्पनीको लाइसेन्सको अवधि हिजोदेखि समय सकिएको हो ।
लाइसेन्स नवीकरणको प्रयास गरिरहेको वर्ल्डलिंकले रोयल्टी र ग्रामीण दूरसञ्चार कोष दस्तुरसहित करिब २ अर्बभन्दा बढी तिर्न बाँकी छ । प्राधिकरणलाई बक्यौता तिर्न छाडेर वर्ल्डलिंक उल्टै अदालत पुगेको छ ।

प्राधिकरणले हालै पत्र काटेर १० वर्षदेखि उपभोक्ताबाट उठाएर राज्यलाई ठगेको रोयल्टी बुझाउन ताकेता गरेपछि वर्ल्डलिंक अदालत गएको हो । सर्वोच्चमा दायर रिटउपर न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा आज सुनुवाइ हुँदैछ ।

वर्ल्डलिंककले २०५५ साल चैत १६ गते नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट इजाजतपत्र (लाइसेन्स) प्राप्त गरेको थियो ।

दूरसञ्चार ऐन, २०५३ को दफा २५ मा अनुमति पत्रको अवधि बढीमा २५ वर्ष हुने व्यवस्था रहेको छ । प्राधिकरणबाट इजाजतपत्र (लाइसेन्स) को म्याद सकिनुभन्दा ३ महिनाअघि नै म्याद थपका लागि निवेदन दिनुपर्ने प्रावधान छ ।

म्याद थप गर्न चाहने कम्पनीले कबुल गरे बमोजिमको नवीकरण दस्तुर बुझाई अनुमतिपत्र नवीकरणको लागि प्राधिकरणसमक्ष निवेदन दिनुपर्ने भएपनि वर्ल्डलिंक दस्तुर नतिरी नवीकरण गराउने ‘जस्केलो’ को जी गर्दै अदालतसम्म पुगेको जानकारहरूको टिप्पणी छ । बक्यौता नतिरी वर्ल्डलिंकले ३ महिनाअगाडि नवीकरणका लागि निवेदन दिएको थियो ।

हेर्नुस् वर्ल्डलिंकको लुटसम्बन्धी नेपाल प्रेसका यसअघिका श्रृंखलाबद्ध सामग्री  पढ्नुहोस्-

इन्टरनेट सेवा प्रदायकबाट साढे २ अर्ब राजश्व छलेको खुलासा, वर्ल्ड लिंकबाटै १ अर्ब २५ करोड ठगी (प्रमाणसहित)

वर्ल्डलिंकले ग्राहकबाट कानूनविपरीत ६ अर्ब ६६ करोड असुलेको खुलासा, यसरी ठगिए उपभोक्ता (प्रमाणसहित)

वर्ल्डलिंकले ग्राहकबाट कानूनविपरीत ६ अर्ब ६६ करोड असुलेको खुलासा, यसरी ठगिए उपभोक्ता (प्रमाणसहित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर