जेएनयु चुनावमा वामपन्थीको एकछत्र जित, विजेपी पक्षधरको हार – Nepal Press

जेएनयु चुनावमा वामपन्थीको एकछत्र जित, विजेपी पक्षधरको हार

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको दक्षिणी क्षेत्रमा रहेको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)को स्वतन्त्र विद्यार्थी चुनाव चार वर्षको अन्तरमा पहिलो पटक भएको छ ।

चुनावमा वामपन्थी कित्ताको एकछत्र जित भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार नयाँ चुनावबाट सभापति, उपसभापति, महासचिव, सहसचिव सबै पदमा वामपन्थी कित्ताका विद्यार्थीको जित भएको छ ।

सभापतिमा धनञ्जय पहिलो पटक दलित सभापतिको रूपमा चयन भएका छन् । उनी विजेपी पक्षधर सभापति उमेदवारलाई ९२२ मतले पराजित गर्न सफल थिए । विजिता धनञ्जयले २५९८ मत पाउँदा निकटतम प्रतिस्पर्धी उमेश चन्द्र अजमेराको १६७६ मत आएको थियो ।

शुक्रवार भएको चुनावको नजिता आइतबार सार्वजनिक भएको हो । नतिजामा वाम एकता पक्षधरले भाजपा निकट कित्ता अखिल भारतीय विद्यार्थी परिषद्लाई हराउन सफलता पाएको हो ।

अगामी राष्ट्रिय चुनावमा यो नतिजाले फरक नपारे पनि विजेपी विपक्षको मत भने जेएनयुले जाहेर गरेको टिप्पणी गर्न थालिएको छ । उसो त जेएनयु विजेपीको विपक्षी कित्ताकै विश्वविद्यालय हो ।

वामपन्थी तथा उदार पक्षधरहरूको आधार इलाकाको रूपमा जेएनयुलाई लिने गरिएको छ । भारतका विदेशमन्त्री एस. जयशंकर पनि यही विश्वविद्यालयका स्नातकोत्तर तथा विद्यावारिधिका विद्यार्थी हुन् । तर, उनकै सरकार र विश्वविद्यालयको सम्बन्ध राम्रो छैन । जेएनयु भारतको सत्ताधारी दल मात्रै होइन ठूले तप्काले नरुचाएको विश्वविद्यालय हो ।

आगामी हप्ता यही विश्वविद्यालयलाई संकेत गरेर एक चलचित्र रिलिज हुन लागेको छ । चलचित्रको नाम नै जेएनयु राखिएको छ । चलचित्र प्रचारको लाइनमा लेखिएको छ, ‘के एक शैक्षिक विश्वविद्यालयले देश विखण्डन गर्न सक्छ ?’ यो चलचित्रको समाचारलाई अलजजिराले प्राथमिकताकासाथ प्रकाशन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर