३ महिनाका लागि भारतबाट विद्युत् ल्याउने बाटो खुल्यो – Nepal Press

३ महिनाका लागि भारतबाट विद्युत् ल्याउने बाटो खुल्यो

५५४ मेगावाट आयात गर्न अनुमति

काठमाडौं । भारतले नेपाललाई दिने विद्युत्को सम्झौता नवीकरण भएको छ । भारतले नेपालमा निर्यात गर्ने सम्झौता ३ महिना थप गरेको हो । भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीनसम्म नेपालले विद्युत् आयात गर्न पाउने छ ।

नयाँ सम्झौता अनुसार ५५४ मेगावाट विद्युत् नेपालले आयात गर्न पाउने छ । भारतले नेपाललाई विद्युत् निर्यातको सम्झौता नगरेको भएर नेपाली बजारमा विद्युत् अभाव हुने अवस्था रहेको थियो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भारतसँग ३ महिनाको लागि विद्युत् आयात गर्न पाउने सम्झौता भएको बताए ।

१ वर्षको लागि सम्झौता गर्ने तयारी भएको बेला किन ३ महिनाको लागि मात्रै सम्झौता गरेको भन्ने प्रश्नमा आफूलाई त्यो विषयमा जानकारी नभएको बताए ।

ढल्केवर-मुजफ्फरपुर ४०० किलोभोल्ट प्रसारण लाइनबाट ५०० मेगावाट र टनकपुरबाट ५४ मेगावाट आयात गर्न भारतले अनुमति दिएको प्राधिकरणले बतायो ।

हाल भारतबाट करिब साढे ५ सय मेगावाट विद्युत् आयात भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर