रुस जान छनोट भइसकेका कामदारलाई अन्तिम श्रम स्वीकृति दिने निर्णय, बिदामा आएका पनि फर्किन पाउने – Nepal Press

रुस जान छनोट भइसकेका कामदारलाई अन्तिम श्रम स्वीकृति दिने निर्णय, बिदामा आएका पनि फर्किन पाउने

काठमाडौं । सरकारले रुस जान छनोट भएका कामदारलाई अन्तिम श्रम स्वीकृति दिने र बिदामा आएकालाई फर्किन पाउने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुसमा विभिन्न पेशा व्यवसायी गरी नेपालमा बिदा आएका कामदारलाई पुन: श्रम स्वीकृति साथै त्यहाँको एक इन्जिनियरिङ कम्पनीमा कामदार पठाउन छनौट भई अन्तिम श्रम स्वीकृति लिन बाँकीलाई बाटो खोल्दिने भएको हो ।

रुसी फौजमा भर्ना भएका नेपाली नागरिकको मृत्युको कारण देखाउँदै परराष्ट्र मन्त्रालयले पुस १९ गते रुस जाने कामदारको श्रम स्वीकृति स्थगन गरेको थियो ।

विभागका सूचना अधिकारी कविराज उप्रेतीले पहिले रसियाबाट बिदामा आएका र संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *