फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? – Nepal Press

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार एक सयरुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँले तोकिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला रु एक हजार चार सय ९० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार पाँच सय १० निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर