हाेच्याएर बाेलाएकाे रिसिबीमा रुपन्देहीमा ७० वर्षीया वृद्धाको हत्या – Nepal Press

हाेच्याएर बाेलाएकाे रिसिबीमा रुपन्देहीमा ७० वर्षीया वृद्धाको हत्या

रुपन्देही । रुपन्देहीमा ७० वर्षीया महिलालाई कुटपिट गरी हत्या गरिएको छ । यो अभियोगमा सियारी गाउँपालिका वडा नं। ७ रामजानकी टोलका २९ वर्षको प्रभुनाथ थारु रहेका छन् ।

प्रहरीका अनुसार १३ गते राती साढे १२ बजेको समयमा सुद्धोधन गाउँपालिका वडा नं। ६ घर भई हाल सियारी गाउँपालिका वडा नं। ७ रामजानकी टोलस्थित छोरी ज्वाँइ चिन्तामणी पाण्डेको घरमा बस्दै आएकी ७० वर्षीया उजेली लोध आफ्नै कोठामा सुतिरहेको अवस्थामा कुटपिट गरी घाइते भएकी थिइन्।

घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय छपिया रुपन्देहीका प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थल पुगेर तल्काल घाइतेलाई उद्धार गरी उपचारार्थ भिम अस्पताल पठाइएकोमा उपचारको क्रममा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न ब्यक्तिको पहिचान एवम् खोजतलास गर्ने क्रममा प्रहरीले थारुलाई पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए । पक्राउ परेका थारुको घरबाट कुटपिटमा प्रयोग भएको फलामको हतौडा बरामद भएको उनले बताए ।

पक्राउ परेका थारुको घर मृतक लोध बस्दै आएको घरबाट ५ सय मिटरको दुरीमा रहेको र आउँदा जाँदा वृद्धाले होच्याएर बोलाउने गरेको रिसिबीमा थारुले वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका थारुलाई रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *