गृहमन्त्रीलाई टीकटक प्रतिबन्ध अन्त्य गर्न कमल थापाको आग्रह – Nepal Press

गृहमन्त्रीलाई टीकटक प्रतिबन्ध अन्त्य गर्न कमल थापाको आग्रह

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृहमन्त्री रवि लामिछानेलाई टीकटकको प्रतिबन्ध अन्त्य गर्न आग्रह गरेका छन् ।

सामाजिक सन्जाल एक्स (साविकको ट्वीटर)मा यस्तो आग्रह गर्दै थापाले लेखेका छन्, ‘गृहमन्त्रीले सामाजिक सञ्जालको महत्व राम्ररी बुझ्नुभएको छ । संचारमाध्यमलाई निषेध होइन, नियमन गर्नुपर्छ । अश्लील, स्वच्छन्द र सामाजिक मर्यादामा आघात पुग्ने सामग्री नियन्त्रण गर्नुपर्छ, गर्न सकिन्छ ।

‘टीकटक’माथिको प्रतिबन्ध हटाउन गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्दछु’, उनले लेखका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर