दक्षिण एसियाली राजकीय नेताको तारनतार चीन भ्रमण- मालदिभ्स, नेपालपछि श्रीलङ्का – Nepal Press

दक्षिण एसियाली राजकीय नेताको तारनतार चीन भ्रमण- मालदिभ्स, नेपालपछि श्रीलङ्का

काठमाडौं । चीनमा दक्षिण एसियाली नेताहरूको भ्रमण बाक्लिएको छ । चीनमा तारनतार भ्रमण गर्नेहरूमा दक्षिण एसियाली देशहरू मालदिभ्स, नेपाल र श्रीलंका रहेका छन् ।

सन २०२४ लागेपछि चीनमा पुग्ने पहिलो राष्ट्रप्रमुख बनेका थिए मालदिभ्सका राष्ट्रपति महोमद मौजू । उनी जनवरी ८ देखि १२ सम्म चीन भ्रमण रहेका थिए ।

चीन पक्षधर भनेर चिनिएका मैजूको कार्यकालमा मालदिभ्समा भएका भारतीय सैनिकहरू हट्ने सम्झौता भएको छ भने भारतसँगको सकसका श्रृङ्खलाहरु सार्वजनिक भएका छन् ।

मैजूपछिको चीन भ्रमणमा पुग्ने दक्षिण एसियाली सरकारी प्रतिनिधिमण्डल हो- नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको भ्रमण ।

आइतबार नेपालबाट चीन उडेर श्रेष्ठ सोमबार बेइजिङ पुगेका थिए । ९ दिने भ्रमणमा रहेका उनले मङ्गलवार चिनियाँ समकक्षी वाङ यीसँग भेटघाट गरेर विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्नेमा जोड दिए ।

श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्दने पनि चीन पुगेका छन् । उनी सोमबार चीन पुगेका हुन् । ६ दिने चीन भ्रमणमा पुगेका उनले मङ्गलवार चिनियाँ समकक्षी ली छियाङसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा व्यापार, लगानी र भन्सार तथा विकासका क्षेत्रमा दुई देशले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर