मस्कोको आतंककारी हमला अमेरिका, बेलायत र युक्रेनले गराएको युक्रेनी गुप्तचर अधिकारीहरुको आरोप – Nepal Press

मस्कोको आतंककारी हमला अमेरिका, बेलायत र युक्रेनले गराएको युक्रेनी गुप्तचर अधिकारीहरुको आरोप

काठमाडौं । रुसकाे मस्कोमा भएको आतंककारी हमला अमेरिका, बेलायत र युक्रेनले गराएको रुसी गुप्तचर अधिकारीहरुले बताएका छन् ।

जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार आतंककारी आक्रमणको एक हदसम्मको जिम्मेवारी ती देश भएको रुसी गुप्तचर अधिकारीहरुले आरोप लाएका छन् ।

आक्रमणकारीहरु रुसबाट भागेर युक्रेन जान खोज्नुल त्यो देखिएको रुसी आरोप छ । मस्कोको क्रोकस सिटी हलमा भएको हमलाको जिम्मेवारी अफगानिस्तानमा भएको इस्लामिक स्टेटले जिम्मेवारी लिएको छ ।

तर, रुसले यसलाई पर्याप्त आधार नभएको भन्दै अविश्वास गरेको छ । रुसी गुप्तचर अधिकारीहरु मात्रै होइन रुसी सुरक्षा परिषद्का सचिवले पनि आक्रमणको दोष युक्रेनलाई लगाएका छन् । पत्रकारहरुसँगको प्रश्नोत्तरमा निकोलाई पात्रुसेभले यस्तो आरोप लाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *