टर्कीमा १४७ आइएस संदिग्ध पक्राउ – Nepal Press

टर्कीमा १४७ आइएस संदिग्ध पक्राउ

काठमाडौं । टर्की प्रहरीले मंगलवार राष्ट्रव्यापी कारबाहीमा इस्लामिक स्टेट (आइएस) समूहको सदस्य भएको आशंकामा १४७ जनालाई पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताएका छन् ।

प्रहरीले ३० प्रान्तमा एकैसाथ गरेको अपरेसनमा संदिग्धहरूलाई पक्राउ गरेको हो । उनीहरुबाट ठूलो मात्रामा विदेशी मुद्रा, संगठनात्मक कागजातहरू र डिजिटल सामग्रीहरू बरामद गरेको बताइएको छ ।

संदिग्धहरूले द्वन्द्व क्षेत्रहरूमा सशस्त्र गतिविधिहरू सञ्चालन गरेको प्रहरीले बताएको छ । येर्लिकायाले टर्कीले गत वर्षको जुन १ देखि यस वर्षको मार्च २५ सम्म आईएस समूहबिरुद्ध कुल १,३२९ आतंकवाद बिरोधी अभियान सञ्चालन गरेको बताउनु भयो । यि अपरेशनमा २ हजार ९१९ जना संदिग्ध पक्राउ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *