दुर्गा प्रसाईंका अंगरक्षकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश – Nepal Press

दुर्गा प्रसाईंका अंगरक्षकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेले इजलाशले थुनामुक्त गर्न आदेश दिएको हो ।

जिल्ला प्रशासन कायालय झापाको पाँच वर्ष अघि २०७५ असार २१ गतेको निर्णयबाट उक्त हतियार तथा खरखजाना राख्न दुर्गा प्रसाईले इजाजत प्राप्त गरेको देखिएको भन्दै यस्तो आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ ।

इजाजत पत्रमा उक्त हात हतियार नेपाल राज्यभर जुनसुकै अवस्थामा लिएर पनि हिड्न पाउने साथै प्रयोग गर्न पाउने भनी उल्लेख भएको देखिएको आदेशमा उल्लेख छ ।

उक्त इजाजतपत्र २०७९ पुष सात गते २०८१ असार मसान्तसम्म बहाल रहने भनेर नविकरण गरेको पनि पाइएको छ ।

उक्त इजाजतपत्रको बाहकमा निवेदन दिपक खड्काको नाम उल्लेख भएको र उनका साथ पक्राउ परेका रामकुमार धिमालसमेत इजाजतपत्रवालाको अंगरक्षक रहेको भन्ने मिसिल संलग्न निवेदनकको बयानसमेतका कागजातबाट देखिएको आदेशमा भनिएको छ ।

मिसिलबाट इजाजत प्राप्त बाहक निवेदक दिपक खड्का अदालतभित्र प्रवेश गरी उक्त हयिार उनले आफ् नआउदाँसम्म अर्का अंगरक्षक रामुमार धिमाललाई राख्न दिएकोसम्म देखिएको भन्दै हतिायर इजाजतपत्रको शर्तबमोजिम बोकी हिँडेको कार्यलाई प्रचलित कानूनले कसूर गरेको नदेखिएको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *