कर्णालीमा हाम फालेका १७ जनामध्ये एकजना बेपत्ता
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० चैत १२ गते २१:२०
![](https://www.nepalpress.com/wp-content/uploads/2024/03/Karnali-2.jpg)
कैलाली । कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् ।
लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
बेपत्ता शाहीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।
१७ जना कर्णाली पुलबाट हामफालेका थिए । तीमध्ये एक जना बेपत्ता भएका हुन् भने अन्य १६ जना सकुशल बाहिर निस्कन सफल भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर