सुशान्त बस्यालको स्वास्थ्यमा झिनो सुधार, शरीर चल्मलाउन थाल्यो – Nepal Press

सुशान्त बस्यालको स्वास्थ्यमा झिनो सुधार, शरीर चल्मलाउन थाल्यो

दुर्घटनामा परेर अस्पताल भर्ना भएका ४ जनामध्ये दुईजना डिस्चार्ज

काठमाडौं । सवारी दुर्घटनामा परेका स्ट्यान्ड अप कमेडियन सुशान्त बस्यालको स्वास्थ सुधारोन्मुख बनेको छ । पूरा होसमा नआए पनि उनले केही प्रतिक्रिया जनाउन थालेका छन् ।

दुर्घटनास्थलबाट ल्याएर सुशान्तसहित ४ जनालाई मध्यपुर ठीमी अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुमध्ये क्रिटिकल अवस्थामा रहेका सुशान्तलाई तत्कालै भेन्टिलेटरमा राखेर उपचार थालिएको हो । आफैं श्वासप्रश्वासका लागि सक्षम भएपछि हिजो उनलाई भेन्टिलेटरबाट हटाइएको छ । अहिले आइसीयूमा राखेर उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार सुशान्तले हातगोडा अलिअलि चलाउन थालेका छन् । कसैले बोलाउँदा हल्का आँखा खोल्छन् । आज मुखबाट आवाज पनि निस्किएको थियो । यद्यपि, उनी खतरामुक्त भइनसकेको अस्पतालका चिकित्सकको भनाइ छ ।

अस्पतालमा रहेका पवन भट्टराई र रजनिश अर्याल डिस्चार्ज भएका छन् । पवनको च्यापुमा र रजनिशको नाकमा चोट लागेको थियो । प्रकृती गिरी भने अस्पतालमै छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर