जापानी राजदूतावास पदाधिकारीद्वारा केएनपी जापान प्रालिको फ्याक्ट्री अवलोकन – Nepal Press

जापानी राजदूतावास पदाधिकारीद्वारा केएनपी जापान प्रालिको फ्याक्ट्री अवलोकन

काठमाडौं । नेपालका लागि जापानी राजदूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुराले केएनपी जापान प्रालिको फ्याक्ट्री अवलोकन गरेका छन् । वीरगंज परवानीपुरमा अवस्थित फ्याक्ट्री अवलोकन भ्रमण गरेका हुन् ।

भ्रमणका क्रममा केएनपीको हेल्थि होम पेन्ट्सको उच्च प्रविधियुक्त उत्पादन प्लान्ट देखेर हर्षित् उपप्रमुख तामुराले फ्याक्ट्रीको सञ्चालन तरिका र सुविधाको तारिफ गरे ।

उनले केपीएन जापानको सिसारहित र न्यून भिआोसी भएको पेन्ट्स उत्पादन गर्दै आम सर्वसाधारणहरुलाई स्वस्थ पेन्टको महत्व दर्शाउने काम गरेकोमा मुक्तकण्ठले प्रशंसा समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर