सुनकोसीमा बेपत्ता ३ बालबालिका खोज्न बिहानैबाट गोताखोर परिचालन – Nepal Press

सुनकोसीमा बेपत्ता ३ बालबालिका खोज्न बिहानैबाट गोताखोर परिचालन

विराटनगर । होली खेलेर नुहाउन सुनकोसी नदीमा गएका ३ जना बालबालिका अझै भेटिएका छैनन् । उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङघाटस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो तीन बालबालिका बेपत्ता थिए ।

उनीहरूकव खोजीका लागि बिहानैबाट सशस्त्र प्रहरी बलको गोताखोर टीम परिचालन गरिएको छ । आइतबार अबेरसम्म खोजी गरिएकोमा नभेटेपछि आज बिहानबाट पुन: खोजी सुरू गरिएको हो ।

साउनेबाट कोसीमा पौडी खेल्न गएका रुद्रबहादुर मगरकी छोरी १२ वर्षीया रेखा मगर, केदार मगरको ९ वर्षीय छोरा रिदम मगर र मेहरमान मगरको १२ वर्षीय छोरा लोकबहादुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

केही बालबालिकालाई भने हिजै जीवित उद्धार गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर