कानून निर्माणमा प्रतिपक्षको पनि साथ आवश्यक: मन्त्री गिरी – Nepal Press

कानून निर्माणमा प्रतिपक्षको पनि साथ आवश्यक: मन्त्री गिरी

पर्वत । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले कानूनी साक्षरतालाई गाउँगाउँमा लैजानुपर्नेमा जोड दिएका छन् । उनले कानूनको अज्ञानता क्षम्य नहुने भन्दै त्यही अज्ञानताका कारण धेरैले दुःख पाएको बताए ।

मन्त्री गिरी गृहजिल्ला पर्वतको दक्षिणी क्षेत्रका गाउँमा स्थानीयसँग भेटघाटमा व्यस्त छन् । पैयूँ गाउँपालिकामा उनले संघीयतापछि अत्यावश्यक केही कानूनहरू बन्न नसक्दा विकासको गति नै रोकिएको औंल्याए । सदनमा पेश भएका कतिपय विधेयक राजनैतिक अस्थिरताका कारण पास हुन नसकिरहेको भन्दै उनले स्थिर सरकारको आवश्यकता रहेको बताए ।

पैयूँ र विहादी गाउँपालिकाका विभिन्न ठाउँमा भएका भेटघाटहरुमा मन्त्री गिरीले संघीय निजामती ऐन र शिक्षा ऐन छिट्टै जारी हुने विश्वास दिलाए । उनले प्रतिपक्षले कानून निर्माणमा सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर