माटोको ढिस्कोमा पुरिएर थप एक महिलाको मृत्यु – Nepal Press

माटोको ढिस्कोमा पुरिएर थप एक महिलाको मृत्यु

डोटी । डोटीमा बिसु पर्व (नयाँ वर्ष) को अवसरमा घर पोत्नका लागि माटो निकाल्ने क्रममा माटोको ढिस्कोमा पुरिएर थप एक महिलाको मृत्यु भएको छ ।

आदर्श गाउँपालिका–२ की ६० वर्षीया भागादेवी ओभाको आइतबार दिउँसो अढाई बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

भागादेवीसँगै माटोको ढिस्कोले च्यापिएकी ५० वर्षीया पार्वती खड्काको जीवितै उद्धार गरिएको छ । उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

शनिबार शिखर नगरपालिका–९ पनि माटो खन्ने क्रममै एक महिलाको ज्यान गएको थियो । माटो खन्दा खन्दै बनेको सुरुङभित्र पसेर माटो निकाल्ने क्रममा ढिस्को खसेर २१ वर्षीया निर्मला रोस्याराको मृत्यु भएको थियो ।

निर्मलाको आइतबार जिल्ला अस्पताल डोटीमा पोष्टमार्टमपछि दाह संस्कार भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर