नवनिर्मित विद्यालय भवन हस्तान्तरण नहुँदै जीर्ण – Nepal Press

नवनिर्मित विद्यालय भवन हस्तान्तरण नहुँदै जीर्ण

सिमकोट । सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँमा निर्मित बालविकास आधारभूत विद्यालयको भवन हस्तान्तरण नहुँदै जीर्ण भएको छ ।

निर्माण कम्पनीले काम पूरा गरेको भए पनि उपभोक्ता समितिबाट रु ६५ हजार नपाउँदा भवन हस्तान्तरण हुन सकेको छैन । भवन निर्माण भएको छ वर्ष पूरा भएको छ । विसं २०७५ मा १० लाखमा निर्माण पूरा भएको हो ।

भवन निर्माणमा संलग्न मुक्म शाहीका अनुसार उपभोक्ता समितिबाट ठेक्का आफूले लिएर काम सके पनि बाँकी रु ६५ हजार माग्दा नदिएपछि भवन विद्यालयको नाममा हस्तान्तरण नगरेको बर्ताए।

उपभोक्ता समितिका अध्यक्ष अकिल शाही अहिले जिल्ला बाहिर भएको आफूसँग कामदारलाई दिने पैसा नभएको सचिव जयदेवी शाहीले बताए। अहिले उक्त भवनमा स्वास्थ्य एकाइ राखिएको छ ।

कामदारले पैसा नदिँदासम्म कसैलाई पनि भवन प्रयोग गर्न नदिने भने पनि गाउँवासीले पैसा दिलाइदिने निर्णय गरेर विद्यालयको भवन केही समयका लागि स्वास्थ्यलाई दिने निर्णय गरेका थिए । जीर्ण हुँदै गएको भवन हस्तान्तरण नहुँदै भत्कियो भने त्यसको जिम्मेवारी उपभोक्ता समितिले लिनुपर्ने मुक्म शाहीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर