डोटीमै पहिलो पटक कपडा बैंक स्थापना – Nepal Press

डोटीमै पहिलो पटक कपडा बैंक स्थापना

डोटी । डोटीको शिखर नगरपालिकामा जिल्लाकै पहिलो कपडा बैंक स्थापना भएको छ ।

शिखर नगरपालिकाका मेयर दीर्घबहादुर बलायरले वडा नं २ कालागाडमा स्थापना भएको उक्त कपडा बैंकको शनिबार उद्घाटन गरेका छन् ।

मेयर बलायरले कपडा बैंकमा जम्मा भएका कपडा जीउ ढाक्न समस्या भएका व्यक्तिहरुलाई राहत पुग्ने बताए ।

‘कसैलाई पुराना कपडा कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ, कसैलाई लुगा कसरी किन्ने भन्ने समस्या छ, यो बैंकले दुबै समस्याको समाधान गर्नेछ’, मेयर बलायरले भने, ‘लुगासँगै जुत्ता, चप्पल, खाद्यान्न पनि सहयोग गर्न सकिन्छ ।’

एक महिनाको अवधिमा १२ जनाले बैंकमा कपडा जम्मा गरेको र बैंकबाट ३२ जनाले कपडा लगेको उपमेयर सुनिता रावलले जानकारी दिइन् । बैंकलाई नयाँ लुगा पनि दिन सकिने उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *