मधेशमा थपिए एमालेका तीन मन्त्री र एक राज्यमन्त्री (भिडिओ) – Nepal Press

मधेशमा थपिए एमालेका तीन मन्त्री र एक राज्यमन्त्री (भिडिओ)

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकार पुनर्गठन गरेका छन् । मुख्यमन्त्री यादवले शनिबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री थपेर सरकार पुनर्गठन गरेका हुन् ।

एमालेबाट राजकुमार लेखी गृह, सञ्चार तथा कानूनमन्त्री, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रमोद जयसवाल शिक्षा तथा संस्कृतिमन्त्री र केशव शिक्षा तथा संस्कृति राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरुले आजै प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त शिक्षा तथा संस्कृतिमन्त्री जयसवालले स्वतन्त्र रुपमा चुनाव जितेका हुन् । तर, एमालेमा प्रवेश गरेपछि मन्त्री बन्न सफल भएका छन् ।

नेकपा एमालेसहितको नयाँ सत्ता समीकरणअनुसार चैत ५ मा मुख्यमन्त्री यादवले कांग्रेसका तीन मन्त्रीलाई हटाएर एमालेलाई सरकारमा भित्र्याएका छन् । एमालेबाट यसअघि दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर