प्रधानमन्त्रीको मित्र महरालाई कानूनको घेरामा ल्याउनु सानो कदम होइन : स्वर्णिम वाग्ले (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको मित्र महरालाई कानूनको घेरामा ल्याउनु सानो कदम होइन : स्वर्णिम वाग्ले (भिडिओ)

मलाई नेपालमा कस्ले छुन्छ भन्ने दम्भका साथ हिँड्ने विनोद चौधरीलाई पनि बयानमा बोलायौं

काठमाडौं । रास्वपा उपसभापति स्वर्णिम वाग्लेले रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि सकारात्मक सन्देश देखिन थालेको बताएका छन्। वर्तमान सन्दर्भमा रास्वपाको रणनीतिक विषयमा छलफल कार्यक्रममा बोल्दै गृहमन्त्रीले राम्रा कामको सुरुआत गरेको बताए।

उनले भने, ‘फाइलहरु लुकाउने हामीहरुले सुनिरहेका थियौं। उहाँहरुले ती फाइलहरु टक्टक्याउन थाल्नुभएको छ। तपाईंहरुलाई थाहा छ कृष्णबहादुर महरा भनेको चानचुने मान्छे होइन, प्रधानमन्त्रीको अनन्य मित्रलाई पनि हामीले कानूनको घेरामा ल्याएका छौं। त्यो सानोतीनो कदम होइन। सत्तारुढ दलको उपाध्यक्षलाई पनि कानूनको घेरामा ल्याउन सक्छौं भने अरु त यीनको तुलनामा ठूलो होइन।’

उनले नेपालका एकमात्रै डलर अर्बपति नेपालमा कसले छुन्छ र भन्ने दम्भका साथ हिँड्ने विनोद चौधरीलाई समेत बयानमा बोलाएको बताए।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीको मित्र महरालाई कानूनको घेरामा ल्याउनु सानो कदम होइन : स्वर्णिम वाग्ले (भिडिओ)

  1. यो रवि हिम्मत होइन छानबिन आयोगले देखाएको साहस हो । अनि यसको श्रेय रवि लामिछानेलाई दिनुभन्दा पहिले एमालेले आयोग गठनको माग गर्दा स्वर्ढणिम र तिनको पार्टी के गर्दै थियो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर