च्याम्पियन फुटवेयरको नाममा रहेको १० रोपनी जग्गा फिर्ता लिने सरकारको निर्णय (भिडिओ) – Nepal Press

च्याम्पियन फुटवेयरको नाममा रहेको १० रोपनी जग्गा फिर्ता लिने सरकारको निर्णय (भिडिओ)

काठमाडौं । बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरले पाएको १० रोपनी जग्गा सरकाको नाममा फिर्ता ल्याइने भएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले सो जग्गा सरकारकै भएको ठहर गर्दै आज सो निर्णय गरेको हो ।

कार्यालयका अधिकारीले मालपोत ऐन २०३४ को दफा २४ भएको व्यवस्था अनुसार उक्त जग्गा सरकारको नाममा ल्याएको बताए । दुई पटक गएर १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा नामसारी भएको थियो ।

मन्त्रिपरिषद्को निर्णय वा नेपाल सरकारको सहमति÷स्वीकृतिबिना जग्गा फुटवेयरको नाममा गएको ठहर गरिएको आज आयोजित पत्रकार सम्मेलनमा बताइयो ।

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छवि नेपालीले भने, ‘सीआइबीको सहयोगमा हामीले यसलाई थप अनुसन्धान गरेर मन्त्रालय र भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गा सरकारको नाममा ल्याउने लामो समयदेखि प्रक्रियामा थियो । आज अन्तिम टंगो लगाएका छौँ । मालपोत ऐनमा भएको व्यवस्थालाई प्रयोग गर्दै सरकारको जग्गा भएको ठहर्‍याई नेपाल सरकारको नाममा ल्याएका छौँ ।’

नेपालीका अनुसार २०२१ सालको फिल्डबुकले उक्त जग्गा बाँसबारी छाला जुत्ता उद्योगको रहेको देखिन्छ । यस्तै, २०३७ सालमा बाँसबारी छालाजुत्ता उद्योगको नाममा दर्ता स्रेस्ता कायम भएको थियो ।

२०४४/५/५ मा ६ रोपनी र २०४४/८/१८ मा ४ रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा नामसारी भयो । कित्ता नम्बर ५० को १० रोपनी जग्गा दुईपटक गरेर च्याम्पियन फुटवेयरको नाममा गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर