राष्ट्रिय भलिबल : एपीएफ क्लब तेस्रो – Nepal Press

राष्ट्रिय भलिबल : एपीएफ क्लब तेस्रो

काठमाडौं । नेपाल एपीएफ क्लबले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टोलीलाई पराजित गर्दै महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा डायमण्डलाई ३–१ सेटमा पराजित गर्दै एपीएफले तेस्रो स्थान हासिल गरेको हो ।

खेलमा एपीएफले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्‍यो । त्यसै गरी खेलको दोस्रो सेट भने डायमण्डले २५–२३ ले जित्दै खेललाई एक–एक सेटको बराबरीमा ल्यायो ।

त्यसपछिको तेस्रो र चौथो सेट भने एपीएफले आफ्नो पक्षमा पार्न सफल भयो । एपीएफले तेस्रो सेट २५–१४ ले जित्यो भने चौथो सेट २५–२१ आफ्नो पक्षमा पार्‍यो ।

उक्त प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधिका लागि भने विभागीय नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल भोलि हुनेछ ।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताको पुरुष र महिलातर्फको विजेताले समान रु पाँच लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख २५ हजार पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर