लुम्बिनी सम्मेलन उद्घाटन गर्दै परराष्ट्रमन्त्रीले भने- जटिल भूराजनीतिक अवस्थालाई ध्यान दिनुपर्नेछ – Nepal Press

लुम्बिनी सम्मेलन उद्घाटन गर्दै परराष्ट्रमन्त्रीले भने- जटिल भूराजनीतिक अवस्थालाई ध्यान दिनुपर्नेछ

रूपन्देही । ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ) बिहीबारदेखि सुरु भएको छ ।

सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा जन्मस्थल लुम्बिनीमा शान्ति र समृद्विलाई केन्द्रमा राखेर सम्मेलन लुम्बिनीमा सुरू भएको हो । सम्मेलनको बिहीबार राति उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरे ।

परराष्ट्रमन्त्री श्रेष्ठले लुम्बिनी बुद्व जन्मस्थल मात्रै नभई बौद्व दर्शनको उद्गम भूमि रहेको बताए । उनले बुद्व र लुम्बिनीलाई अलग बुद्वका शिक्षाले विश्वमा शान्ति स्थापनामा महत्वपूर्ण विश्वले अंगिकार गर्नुपर्ने बताए । लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको मुहान पनि रहेको समेत उनले बताए ।

उनले नेपाल जटिल भूराजनीतिक चुनौतीहरूको बीचमा रहेको बताउँदै विश्वमा देखिएको द्वन्द्वलाई धुव्रीकृत गर्दै शान्तिमा रूपान्तरण गर्नुपर्ने जनाए । विश्वमा देखापरेको द्वन्द्वले विश्वव्यापी आर्थिक संकट र असमानतालाई बढाइरहेको उनको भनाइ थियो ।

शान्ति र समृद्धिको एजेण्डामा सम्मेलन गर्ने सबैभन्दा उत्तम ठाउ लुम्बिनी रहेको उनले बताए । ‘शान्ति र समृद्विका लागि लुम्बिनीको विकल्प अरु हुन सक्दैन’ परराष्ट्रमन्त्री श्रेष्ठले भने । लुम्बिनीबाट शान्तिको उद्गगम थलोसंगै मानवता, सुख, कल्याण र मुक्तिको खोजमा आफ्नो जीवन समर्पण गर्ने बुद्व जन्माएको पवित्र स्थल रहेको बताए ।

उनले चार महिनाअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनि भ्रमण गरेको स्मरण गर्दै भगवान बुद्धका शिक्षाहरू प्रतिबिम्बित गर्ने ठाउँका रूपमा व्याख्या गरे । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), पूर्वमन्त्री देवेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।

सम्मेलन शुभारम्भमा लुम्बिनी म्यूजियम इनेसियिटिभका संस्थापक तथा कार्यकारी निर्देशक सुम्मिना उदासले प्रस्तुती राख्दै बुद्व जन्मस्थल लुम्बिनी विश्वका शान्ति मार्गीहरूको आस्थाको केन्द्र भएको बताइन् ।

सम्मेलनमा बुद्विजम आर्ट ईन नेपलिज आर्टका प्रोफेर डा नरेश शाक्य, पदम ज्योतीले बोल्दै लुम्बिनीमा गैरआवासीय राजदूहरूलाई स्वागत गरे । सम्मेलनमा विभिन्न देशका गैरआवासीय राजदूतहरु एकैपटक लुम्बिनीमा आएर बुद्व, शान्ति र समृद्विका बिषयमा छलफलमा सहभागी भएका छन् ।

सम्मेलन अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी छन् । सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्वन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुती गरिँने जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर