स्वार्थ आधारित गठबन्धनका कारण जनताको अभिमत प्रकट हुन पाएको छैन : महासचिव पोखरेल – Nepal Press

स्वार्थ आधारित गठबन्धनका कारण जनताको अभिमत प्रकट हुन पाएको छैन : महासचिव पोखरेल

सुर्खेत । नेकपा एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा पार्टीलाई बलियो शक्तिका रूपमा स्थापित गर्ने र निर्णायक रूपमा पार्टीलाई लैजानका लागि पार्टी निर्माणको प्रक्रियामा जुटिरहेको बताएका छन् ।

बिहीबार महासचिव पोखरेलले नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै स्थानीय तह र प्रदेशको निर्वाचनमा एमालेका लागि सुखद नरहने बताएका हुन् ।

उनले भने, ‘परिणाम एक पटक सुखद नरहे पनि भविष्य हाम्रो अँध्यारो छ । अब हामीले हाम्रो भविष्य कसरी उज्यालो बनाउन सकिन्छ त्यो दिशातर्फ आफ्नो ध्यानलाई केन्द्रित गर्नु पर्ने देखिन्छ ।’

सिंगो कार्यकर्ता पङ्क्तिलाई एकताबद्ध बनाएर सुर्खेती जनताको भावना र विश्वास गर्न सकिन्छ भन्ने प्रश्न सर्वाधिक महत्वको विषय हुनु पर्नेमा जोड दिए ।

‘अब समग्र ध्यानलाई विगततर्फ होइन, भविष्यतर्फ लैजानु पर्दछ’, महासचिव पोखरेलले भने, ‘जनताको अभिमतका आधारमा हामी कमजोर होइनौ । राष्ट्रिय राजनीतिमा दोस्रो स्थानमा छौँ । पहिलो पार्टी नेपाली कांग्रेस भन्दा १० सिट कम छौँ । तर, जनताको दृष्टिकोणले, जनताको रोजाइको दृष्टिकोणले हामी काँग्रेस भन्दा माथि छौँ । कर्णालीमा पनि जनताको रोजाइको पहिलो पार्टी नेकपा एमाले नै हो ।’

नेपालको राजनीतिमा स्वार्थ आधारित गठबन्धनका कारण जनताको अभिमत प्रकट हुन नपाएको महासचिव पोखरेलको भनाइ छ ।

अधिवेशनका माध्यमबाट नयाँ पुस्तालाई कमिटीमा जोड्ने उद्देश्य रहेको महासचिव पोखरेलले बताए ।

विगतको गठबन्धन सरकारले नेपालको वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अवैधानिक अर्थतन्त्रलाई पोषण गर्ने प्रयत्नले नेपालको अर्थतन्त्र संकटमा परेको छ महासचिव पोखरेलले भने, ‘जसले गर्दा जनताको जीवन कष्टकर बनेको छ ।’

सुर्खेतको नवौँ जिल्ला अधिवेशन सहमतिका रूपमा सम्पन्न गर्ने महासचिव पोखरेलले दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर