बलियो बहराइनविरुद्ध भिड्दै नेपाल – Nepal Press

बलियो बहराइनविरुद्ध भिड्दै नेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनाैट प्रतियोगिता अन्तर्गत नेपालले आज बलियो प्रतिस्पर्धी बहराइनसँग खेल्दैछ ।

समूह एचमा रहेको नेपालले आज बहराइनसँग उसकै घरेलु मैदानमा खेल्दैछ । फिफा बरियतामा ८२ औं स्थानमा रहेको बहराइन र १ सय ७५ औं स्थानको नेपालबीच राती पौने १ बजे खेल हुँदैछ ।

नेपाल र बहराइनबीच सिनियर लेभलमा हालसम्म कुनै खेल भएको छैन । तसर्थ आजको खेल दुबै टिमको लागि नयाँ अनुभव पनि हुनेछ ।

प्रतियोगितामा नेपाली खेलाडीको हौसला बढाउनकोलागि आज बहराइनमा रहेका नेपालीलाई निःशुल्क खेल हेर्ने व्यवस्थापन गरिएको एन्फाले जनाएको छ ।

ग्रुप एचमा रहेको नेपालको २ खेलबाट कुनै अंक छैन भने बहराइनको ३ अङ्क रहेको छ । ग्रुप एचमा ६ अङ्कसहित युएई पहिलो स्थानमा छ भने बहराइन दोश्रो, तीन अङ्कनै भएको यमन तेश्रो र नेपाल चौथो स्थनमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *