उपचुनावका लागि उम्मेदवार सिफारिस गर्न नेकपा एसको निर्देशन, गठबन्धनमा पनि छलफल गर्ने (भिडिओ) – Nepal Press

उपचुनावका लागि उम्मेदवार सिफारिस गर्न नेकपा एसको निर्देशन, गठबन्धनमा पनि छलफल गर्ने (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम र बझाङमा प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट उम्मेदारको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले उपनिर्वाचनको उम्मेदारको निम्ति सत्ता गठबन्धनमा पनि छलफल गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

उनले भने, ‘उपनिवार्चनको बारेमा सत्ता गठबन्धनका दलहरूसँग पनि छलफल गर्ने निर्णय भएको छ । साथै उम्मेदवारको नाम छनोट गर्ने अधिकार प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन क्षेत्र कमिटीलाई दिइएको छ ।’

उनले केन्द्रीय सचिवालय र दस्तावेज मस्यौदा समितिको बैठक ११ गते बिहान १० बजे बस्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर