खेलकुदमन्त्री श्रेष्ठ र आईसीसी अध्यक्ष बार्कलेबीच भेटवार्ता – Nepal Press

खेलकुदमन्त्री श्रेष्ठ र आईसीसी अध्यक्ष बार्कलेबीच भेटवार्ता

‘नेपालको क्रिकेट विकासमा सहयोग गर्न आईसीसी उत्साहित र प्रतिबद्ध छ’

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठ र आईसीसी अध्यक्ष ग्रेग बार्कलेबीच युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा भेटवार्ता भएको छ । भेटघाटमा नेपाल क्रिकेटको विकास र अभिवृद्धिबारे विशेष कुराकानी भएको छ ।

भेटमा नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासको प्रयासलाई सहयोग गर्न आईसीसी उत्साहित र प्रतिबद्ध रहेको अध्यक्ष बार्कलेले जानकारी गराए ।

मन्त्री श्रेष्ठले आईसीसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवर्द्धन गर्न मन्त्रालय अडिग रहेकोमा जोड दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर