गएको चुनावमा जस्तो काठमाडौंमा अब एमालेको हार स्वीकार्य हुँदैन : ओली (भिडिओ) – Nepal Press

गएको चुनावमा जस्तो काठमाडौंमा अब एमालेको हार स्वीकार्य हुँदैन : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा काठमाडौंमा गएको निर्वाचनको जस्तो हार अस्वीकार्य भएको बताएका छन् । काठमाडौंका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीको संगठन निर्माणमा लाग्न निर्देशन दिए ।

उनले भने, ‘पछिल्लो निर्वाचनमा १० प्रतिशतको हैसियतमा झर्‍यो । काठमाडौंका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौं यो स्थितिलाई अनिवार्य बदल्नुछ । बदल्नैपर्छ यस अवस्थालाई । एमालेलाई लागि काठमाडौंमा यो अवस्था स्वीकार्य छैन । एमालेका उद्देश्य, स्पष्ट विचार र गरेका कामकोप्रति पनि यो परिणाम सन्तोषजनक पीडादायी छ । यो स्थितिलाई बदल्नैपर्छ र यसलाई उल्ट्याउनैपर्छ । सत प्रतिशत नभए ९० प्रतिशत उल्ट्याउनुपर्छ । प्रदेशमा पनि हामी एक्लै बहुमतको स्थिती थियो । अहिले हामी कमजोर भएका छौं । यी पक्षमा गम्भिरताका साथ ध्यान दिएर संकल्प पर्नुपर्छ ।’

उनले समय निर्धारण गरेर पार्टी कमिटी निर्माणको योजना बनाएर अघि बढ्न निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर