गणपति लघुवित्तको सेयरमा सर्किट, सर्वोत्तम सिमेन्टको पनि सर्किट लेभलमा कारोबार – Nepal Press

गणपति लघुवित्तको सेयरमा सर्किट, सर्वोत्तम सिमेन्टको पनि सर्किट लेभलमा कारोबार

काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्थाको सेयरमा सकारात्मक सर्किट (१० प्रतिशतले बढेको) लागेको छ । यो सँगै यस कम्पनीको सेयर कारोबार आजका लागि बन्द भएको छ ।

कारोबारको अवधि (११ बजेदेखि ३ बजेसम्म) एक घण्टा बाँकी रहँदै गणपतिको सेयरमा सर्किट लागेको हो । गणपतिको सेयर मूल्य ९३ रुपैयाँ ४० पैसाले बढेर १ हजार २७ रुपैयाँ ४० पैसा पुगेको छ ।

यता कारोबार सुचारु भएको पहिलो दिनमै सकारात्मक सर्किट लागेर बन्द भएको सर्वोत्तमको सेयर दोस्रो दिन (बुधबार) पनि सर्किट लेभलमा कारोबार भइरहेको छ । बुधबार पनि सुरुवाती कारोबारमै ९.९९ प्रतिशतले मूल्य बढेर ६ सय ७२. ७० रुपैयाँ पुगेको छ ।

सर्वोत्तमले बुक विल्डिङ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता ३ सय ६०.९० रुपैयाँको दरले आईपीओ बिक्री गरेको थियो । मंगलबार सेयरबजार खुलेको १० मिनेटमै सर्वोत्तमको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सकिर्ट लगेको थियो । पहिलो दिन सर्वोत्तम सिमेन्टको सेयर प्रतिकित्ता ५ सय ५६ रुपैयाँबाट सुरु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर