‘अर्थमन्त्री चाहियो’ भन्दै राप्रपा सांसद विना लामाले बोल्न नमानेपछि… – Nepal Press

‘अर्थमन्त्री चाहियो’ भन्दै राप्रपा सांसद विना लामाले बोल्न नमानेपछि…

काठमाडौं । राप्रपाकी सांसद विना लामाले बजेटको प्राथमिकता र सिद्धान्तमाथि छलफलको क्रममा अर्थमन्त्री वर्षमान पुनको उपस्थितीविना नबोल्ने अडान लिइन् ।

उपसभामुख इन्दिरा रानाले लामालाई बोल्न समय दिएपछि रोष्ट्रममा पुगेर भनिन्, ‘मैले यहाँ अर्थमन्त्री देखिनँ उहाँ नै नभएपछि कसलाई सुनाउने ? अर्थमन्त्रीलाई बोलाउन पाइयो भने राम्रो हुन्थ्यो । अर्थमन्त्री नहुँदा कसलाई सुनाउने ?’

उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री अर्को प्रतिनिधि राखेर खाना खान गएको भन्दै बोल्न आग्रह गरिन् । तर, पनि सांसद लामा तयार भइनन् ।

उनले भनिन्, ‘यसमा पनि विभेद भएको जस्तो लाग्यो । जब राप्रपा आउँदा उहाँ उठेर जानू भनेको विभेदकारी नै हो । यसमा म आपत्ति जनाउन चाहन्छु । अर्थमन्त्री चाहियो ।’

उपसभामुखले बोल्दै जानू समय बढी दिन्छु भन्दा पनि लामा तयार भइनन् । सांसद लामाले थपिन्, ‘मलाई १० मिनेट दिइएको छ । १० मिनेटमा पनि उहाँ आउनुभएन भने सदस्यहरूलाई मात्रै सुनाऔं ।’

उनी बोल्न तयार नभएपछि उपसभामुखले लामालाई पछि बोलाउने भन्दै जसपा सांसद प्रदीप यादवलाई समय दिने क्रममा अर्थमन्त्री आइपुगेपछि बोल्न सुरु गरिन् ।

उनले भनिन्, ‘अर्थमन्त्री आइदिनुभयो धन्यवाद । नत्र मलाई लागेको थियो राप्रपा आउँदा अर्थमन्त्री भाग्नुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर