नेसपामा यादव समूहबाट समानान्तर प्रदेश इन्चार्ज मनोनयन, संस्थापनको निर्णय नमान्ने – Nepal Press

नेसपामा यादव समूहबाट समानान्तर प्रदेश इन्चार्ज मनोनयन, संस्थापनको निर्णय नमान्ने

हेटौंडा । नेपाल समाजवादी पार्टी (नेसपा)को महेन्द्र राय यादव पक्षले अर्का अध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको संस्थापन पक्षले गरेको निर्णय अस्वीकार गरेको छ । हिजो भएको बाबुराम पक्षीय केन्द्रीय समितिको बैठकले महेन्द्रसहित उनको पक्षका नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

आज बसेको यादव पक्षको बैठकले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै बाबुराम पक्षको निर्णय आमान्य रहेको घोषण गरेको हो । बैठकले सातै प्रदेशमा नयाँ इन्चार्ज र अध्यक्षसमेत मनोनीत गरेको छ । बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको विषयमा भएको तीन बुँदे निर्णयसमेत अनुमोदन गरेको छ ।

बैठकले कोशी प्रदेश इन्चार्जमा राजेन्द्रकुमार किराँती, अध्यक्षमा बिमला भट्टराई, मधेश प्रदेश इन्चार्जमा देवेन्द्र यादव, अध्यक्षमा प्रमोद यादव, बागमती प्रदेश इन्चार्जमा अक्कलबहादुर थिङ, अध्यक्षमा वन्दना सुवेदीलाई चयन गरेको छ ।

यस्तै गण्डकी प्रदेश इन्चार्जमा रमेश पोखरेल, अध्यक्षमा ढाकाराम गौतम, लुम्बिनी प्रदेश अध्यक्षमा उमाशङ्कर यादव, सुदूरपश्चिम प्रदेश इन्चार्जमा मणिराज बडू, अध्यक्षमा विनोद चन्द, कर्णाली प्रदेश इन्चार्जमा देवीबहादुर बुढाथोकी मनोनीत भएका छन् ।

महेन्द्र यादव पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै हस्ताक्षर अभियानसमेत चलाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर