आफ्ना बडिगार्ड पक्राउविरुद्ध सर्वोच्च पुगे दुर्गा प्रसाईं – Nepal Press

आफ्ना बडिगार्ड पक्राउविरुद्ध सर्वोच्च पुगे दुर्गा प्रसाईं

काठमाडौं । आफ्ना बडिगार्डलाई पक्राउ गरिएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईं सर्वोच्च अदालत पुगेका छन् ।

प्रसाईं बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

प्रारम्भिक सुनुवाइका लागि बुधबार पेशी तोकिएको छ । प्रसाईंका दुई जना बडिगार्डलाई अत्याधुनिक हतियारसहित प्रहरीले सोमबार पक्राउ गरेको थियो ।

इजाजत प्राप्त हतियार बोकेर हिँड्दा पनि पक्राउ गरिएको भन्दै उनीहरुलाई थुनामुक्त गरिनुपर्ने प्रसाईंको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर