भनेअनुसारको काम र दाम नपाएपछि यूएईमा १८ नेपाली अलपत्र (नामसहित) – Nepal Press

भनेअनुसारको काम र दाम नपाएपछि यूएईमा १८ नेपाली अलपत्र (नामसहित)

उद्धारका लागि याचना

यूएई । संयुक्त अरब एमिरेट्स युएईमा १८ जना नेपाली अलपत्र परेका छन । ३ महिना पहिले यूएई आएका उनीहरूले नेपालमा गरेको सम्झौता अनुरूप काम र तलब नपाएपछि खाना र बस्न समस्या भएकाले अलपत्र परेका हुन् ।

उनीहरू काठमाडौंमा रहेको रेड पाण्डा इन्टरनेशनल ओभरसिज मार्फत यूएईको बैट अलरनीन टेक्निकल सर्भिसेस कम्पनीमा आएका हुन । युएईको सारजाह औधोगिक क्षेत्रमा रहेको मजदुर क्याम्पमा रहेका उनीहरूले उद्धारका लागि प्रवास नेपाली सम्पर्क विभाग यूएईलाई निवेदन दिएका थिए ।

यसरी अलपत्र पर्नेहरूमा अर्जुन प्रजापती, छन्नु हरिजन, उत्तम प्रसाद हरिजन, प्रेमबहादुर बराम, शम्भु पासी, र सुन्दर श्रेष्ठ छन । त्यस्तै बिष्णु कुमार श्रेष्ठ, सुमन थापा मगर,बम बहादुर विक, चन्द्र केशर राजभार, इन्द्रबहादुर दर्जी र अशोककुमार चमार छन । अलपत्र पर्नेहरूमै नाथु अहिर, राजकुमार थापा, गुमानसिंह विक, प्रकाश थापा, भूपेन्द्र शाही र रमेशबहादुर विक रहेका छन् ।

पीडितमार्फत आएको निवेदन विभागले नेपाली दूतावास आबुधावी, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, तथा परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै उद्धारका लागि अनुरोध गरेको र आफूहरूले गुजारा चलाउन केही खाद्य सामाग्री प्रदान गरेको विभागका यूएई सभापति सुजन थापाले जानकारी दिए ।

पीडितहरूले उद्धारका लागि गरेको याचना पत्र ।

अलपत्र परेका पीडितहरूले कम्पनीले ३ महिनासम्म भिसासमेत नलगाएको र काम पनि नदिएको गुनासो गरेका छन् । उनीहरूले नेपालमा म्यानपावरलाई डेढदेखि ३ लाखसम्म तिरेर आएको बताएका छन् । अलपत्र उनीहरूले म्यानपावरका सञ्चाल राजकुमार बानियालाई फोन गरेर आफूहरूको उद्धार गरिदिन पटकपटक अनुरोध गरेको तर दूतावस तथा मन्त्रालय जहाँ गएर उजुरी गरे पनि आफूलाई केही फरक नपर्ने भन्दै उल्टै धम्काउने गरेको पीडितहरूको गुनासो छ ।

यसैबीच नेपाली श्रमिक समस्यामा परेको जानकारी दूतावासमा आएलगत्तै कम्पनी र नेपालबाट कामदार ल्याउने म्यानपावरसँग सम्पर्क गरेको र दुई दिनभित्र समस्या समाधान गर्ने आश्वासन पाएको दूतावासका श्रम काउन्सिलर दीनबन्धु सुवेदीले नेपाल प्रेसलाई ।

दुई दिनभित्र समस्याको समाधान नभए प्रत्यक्ष फिल्ड भिजिट गरेर कम्पनी र म्यानपावरलाई प्रकृयागतरूपमा कालोसूचीमा राख्ने गरी वैदेशिक रोजगार विभागमा पत्राचार गरिने सुवेदिको भनाइ छ । यस विषयमा श्रम सहचारी अविद अन्सारीले समन्वय गरिरहेको दूतावासले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *