रविमाथि संसदीय समितिबाट छानबिन गर्न कांग्रेसको माग (भिडिओ) – Nepal Press

रविमाथि संसदीय समितिबाट छानबिन गर्न कांग्रेसको माग (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगी गर्ने बिषयमा संलग्न रहेको भन्दै राजीनामा अडान कायमै राखेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अनुसन्धानमा रहेका व्यक्ति मन्त्री पदमा बस्न नमिल्ने प्रमुख सचेतक रमेश लेखकले बताए । उनले प्रधानमन्त्री प्रचण्डले उठेका विषयमा चित्तबुझ्दो जवाफ नदिएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीलाई नै गलत जानकारी दिइएको छ । उहाँ नै अध्यारोमा हुनुहुन्छ । अब कसरी निष्पक्ष छानबिन होला ? उहाँले प्रमाण छैन भन्नुभएको छ सरकारीबाट रवि लामिछानेको नाममा पेश्की फच्छ्यौट भएको छ । प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको छ ।’

उनले विगतमा प्रश्न उठेका मन्त्रीहरुरुले राजीनामा दिएको उल्लेख गर्दै उनले भने, ‘उहाँले प्रमाण छैन भन्नुभएको छ । म भन्छु कुनै होइन पर्याप्त प्रमाण छ । यसको छिनोफानो कसले गर्छ ? प्रधानमन्त्री प्रमाण छैन भन्नुहुन्छ म भन्छु पर्याप्त प्रमाण छ । म एउटा आग्रह गर्छु अहिलेसम्म संसदमा अभ्यास भएको पनि संसदीय मान्यतामा स्थापित पनि भएको छ म सरकारलाई चुनौती दिन्छु यदि सदनभित्र छानबिन समिति गठन गरौं छानबिन गरौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर