मिनभवन कलेजका प्राध्यापक हत्याका योजनाकार विद्यार्थी १६ वर्षपछि पक्राउ – Nepal Press

मिनभवन कलेजका प्राध्यापक हत्याका योजनाकार विद्यार्थी १६ वर्षपछि पक्राउ

थेसिस बुझाउन जाँदा जिस्काएको भन्दै भाइको समूहले गरेको थियो कुटपिट

काठमाडौं । मिनभवन कलेजका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १६ वर्षपछि एक महिला पक्राउ परेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४१ वर्षीय सविता थापा अधिकारीलाई पक्राउ गरेको छ । उनी योजनाकार भएको दाबी गर्दै प्रतिवादी बनाइएपनि पक्राउ पर्न सकेकी थिइनन् ।
२०६४ असार २६ गते विष्ट ललितपुरको शंखमुलमा घाइते अवस्थामा भेटिएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो । सविताका भाइ विनोद थापासहितको समूहले विष्टलाई निर्घात कुटपिट गरी घाइते बनाएको थियो । विनोद १० वर्ष जेल बसेर गत वर्ष मात्र छुटेका थिए ।

ललितपुरमा परिवारसहित बस्दै आएकी सविता भने प्रहरीको नजरमा परेकी थिइनन् । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार सविता विष्टकै विधार्थी थिइन् ।

उनी मिनभवनमा भर्ना भएपनि कक्षा लिन भने पाटन क्याम्पस जाने गर्थिन । स्नातक तहको थेसिस बुजाउन जाँदा विष्टले जिस्काएको भन्दै सविताले भाई विनोदलाई बताएपछि शंखमुलमा ढुकेर उनीमाथी कुटपिट भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *