प्रधानमन्त्रीले आज संसदमा सांसदहरुको प्रश्नको जवाफ दिने – Nepal Press

प्रधानमन्त्रीले आज संसदमा सांसदहरुको प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले विभिन्न विषयमा सांसदले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन् । प्रधानमन्त्रीलाई सोध्ने प्रश्न पहिला नै सांसद्ले टिपाउनु पर्ने प्रावधान रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर