एमाले कञ्चनपुरमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा बुढा – Nepal Press

एमाले कञ्चनपुरमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा बुढा

कैलाली । नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा निर्वाचित भएकी छन् । नवौँ जिल्ला अधिवेशनमा अध्यक्षसहितका सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा निर्वाचित बुढा कार्यवाहक अध्यक्ष थिइन् ।

उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा अशोक चन्द र राजीव खड्का चयन भएका छन् ।

अध्यक्ष मण्डलले सोमबार राति सर्वसम्मत निर्वाचित भएका पदाधिकारीहरूको घोषणा गरेको थियो । राति नै पद तथा गोपनीयताको शपथ पनि गराइएको छ । अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।

सोमबार राति अध्यक्ष ओलीकै उपस्थितिमा सर्वसम्मत पदाधिकारी घोषणा गर्दै ओलीको उपस्थितिमा निर्वाचन आयोगका केन्द्रीय सदस्य मनोज खड्काले शपथ खुवाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर