उपनिर्वाचन : प्रतिनिधि सभाका लागि २० दल र प्रदेश सभाका लागि १९ दल दर्ता, निर्वाचन चिह्न पनि प्रदान – Nepal Press

उपनिर्वाचन : प्रतिनिधि सभाका लागि २० दल र प्रदेश सभाका लागि १९ दल दर्ता, निर्वाचन चिह्न पनि प्रदान

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा भाग लिनका लागि दर्ता भएका दललाई दर्ता गरी निर्वाचन चिह्न प्रदान गरेको छ ।

निर्वाचनमा राजनीतिक दलका रूपमा मान्यता प्राप्त गर्न राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम दल दर्ताको निवेदन दिने प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४को नियम १५ मा भएको कानुनी व्यवस्था बमोजिम प्रतिनिधि सभा निर्वाचनका लागि २० र प्रदेश सभा निर्वाचनका लागि १९ राजनीतिक दल दर्ता भएको र ती दललाई निर्वाचन चिन्हसमेत प्रदान गरिएको जनाएको हो ।

दर्ता भएका राजनीतिक दललाई आयोगबाट निर्वाचन चिन्ह प्रदान गरेसँगै निर्वाचन चिन्हको क्रमसमेत निर्धारण गरिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर