सुदूरपश्चिमका मुख्यमन्त्री शाहले स्वतन्त्र सांसदलाई सार्वजनिक कार्यक्रममै गरे मन्त्री बन्ने अफर – Nepal Press

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले स्वतन्त्र सांसदलाई सार्वजनिक कार्यक्रममै गरे मन्त्री बन्ने अफर

कैलाली । सुदूरपश्चिम प्रदेशका  मुख्यमन्त्री कमलबहादुर शाहले स्वतन्त्र सांसद डा.तारा जोशीलाई मन्त्री बन्न आग्रह गरेका छन् ।

कैलालीको धनगढीमा वेद उप्रेतीको ‘दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले जोशीलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

‘मेरो आग्रह छ डा.तारा जोशी सरलाई, आउनुहोस् सँगै जाऔं, एउटै क्याबिनेटमा आउनुहोस्’, मुख्यमन्त्री शाहले भने, ‘तपाईंको विद्वता हामीलाई चाहिएको छ, तपाईंको साथ हामीलाई चाहिएको छ । यस्ता यस्ता व्यक्तिको साथ र सहयोगमा हामी अगाडि बढ्न चाहन्छौं ।’

मुख्यमन्त्रीले आफ्नो मन्तव्यकै क्रममा मन्त्री बन्न प्रस्ताव गरे पनि जोशीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

सुदूरपश्चिम प्रदेशमा ५२ जना सांसद छन् । यहाँ बहुमत पुर्‍याउन २७ सांसद आवश्यक पर्छ । कांग्रेसका १८, नाउपाका ७ र स्वतन्त्र तथा राप्रपा जुटाएर बहुमतसिद्ध गर्ने मुख्यमन्त्री शाहको योजना छ ।

उनले अहिले अल्पमतको सरकार चलाइरहेका छन् । नागरिक उन्मुक्तिका सातमध्ये पाँच जनालाई मन्त्री मनाइसकेका उनले राप्रपा र स्वतन्त्र सांसदलाई पनि मन्त्री प्रस्ताव गरेको चर्चा चलिरहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर