त्रिवि केन्द्रीय क्याम्पसकाे स्ववियुद्वारा वर्षभरि भएका काम र आगामी याेजना सार्वजिनक – Nepal Press

त्रिवि केन्द्रीय क्याम्पसकाे स्ववियुद्वारा वर्षभरि भएका काम र आगामी याेजना सार्वजिनक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भएको एक वर्ष पूरा भएको छ । गत वर्ष चैत ५ गते स्ववियु निर्वाचन भएको थियो ।

एक वर्ष पूरा भएको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरले पत्रकार सम्मेलन गर्दै एक वर्षमा गरेका काम तथा आगामी योजना सार्वजनिक गरेको छ ।

त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले वर्षभर गरेका काम र आगामी कार्ययोजना सार्वजनिक गरेका हुन् ।

स्ववियुले विद्यार्थीहरुलाई २४ सै घण्टा पुस्तकालय खुलादेखि दैनिक ३ लाख लिटर निःशुल्क पानी उपलब्ध गराउनेसम्मको सम्झौता विश्वविद्यालर्यसम्म गरिएको जनाएको छ ।

स्ववियु सभापति ओझाले विश्वविद्यालयको २४ रोपनी जग्गामा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले विनासम्झौता प्रयोग गर्दै आएकोमा निश्चित समयावधि तोकेर विश्वविद्यालयलाई दैनिक ३ लाख लिटर निःशुल्क पानी उपलब्ध गराउने सम्झौता गरिएको बताए ।

त्यस्तै केन्द्रीय पुस्तकालय (अध्ययन कक्ष)लाई २४ घण्टा खुला रहने गरी व्यवस्था मिलाइएको उनले बताए । शनिबार पनि बिहान १० देखि बेलुका ५ बजेसम्म पुस्तकालय खुला रहने उनको भनाइ छ ।

यस्तो छ वार्षिक कार्य प्रगति र आगामी योजनाः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर